Saturday 26th September 2026

कुवेतमा यो हप्ता पनि २ जना नेपाली श्रमिकले ज्यान गुमाए


तीतोपाटी – कुबेतमा यो हप्ता पनि दुई जना नेपाली श्रमिकले ज्यान गुमाएका छन । नवलपरासीका तारा बहादुर सुनार र तेरथुमका खम्बासिंह गुरुङको निधन भएको नेपाली दुतावास कुवेतले जनाएको छ ।

नवलपरासीका तारा बहादुरको र्हिदयघातको कारण शनिबार निधन भएको हो। श्रम गरेर नेपालबाट कुवेत आएको भए पनि हाल उनी कुन कम्पनीमा कार्यरत थिए भन्ने खुल्न सकेको छैन ।

धन्नै दुई हप्ता देखि कुवेतको सुयोख स्थित अल सभा टिवि हस्पिटलमा उपचाररत खम्बासिंहको एनआरएनए कुवेतले उपचारको लागि पहल शुरु गरेको थियो भने उपचार कै क्रममा सोमबार निधन भएको हो । चार वर्ष पहिले NAS कम्पनिमा आएका खम्बासिंह मेडिकल अनफिट भए पछि कम्पनिले नेपाल फर्क भनेर दिएको पासपोर्ट लिएर नेपाल नफर्की लुकिछिपि बसिरहेका थिए।

दुवै जनाको निधन बारे नेपाली दूतावासलाई जानकारी प्राप्त भएको र आवश्यक प्रक्रिया शुरु गरि सकिएको छ तर तत्काल नेपालको फ्लाईट बन्द भएकोले फ्लाईट खुल्ना साथ् शव नेपाल पठाउने नेपाली दूतावास कुवेतका द्वित्तीय सचिब श्रीकृष्ण सिलवालले जनाकारी गराउनु भएको छ ।
तारा बहादुर कार्यरत कम्पनी बारेमा उनलाई चिन्ने कोही जानकार भए नेपाली दूतावासलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...