Friday 28th August 2026

टहल आचार्यको गजल संग्रह – १४


बनी एक आपसमा घाती प्रतिघाती हजुर ।
मौका परे गर्दा रैछन जो नी खुरापाती हजुर ।।

कसलाई पो आफ्नो ठान्नु दल ब्यक्ति यो देशका ,
बैगुनी र खुनी मात्रै कोहि छैनन् जाती हजुर ।

शोषण दमन सामान्ती परम्परा सँस्कारका ,
नबद्लीई अझै पनि बाबू छोरा नाती हजुर ।

गलत सोच धारणाका लुटी ल्याई भुटी खाने ,
स्याल सिँह छुचुन्द्रो बाघ देखि हात्ती हजुर ।

मरी होईन मारीकन माथिसम्म पुग्नै पर्ने ,
सबैमाझ दिउँसोलाई बनाएर राती हजुर ।
***
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज…

भरतपुर — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। संकलित…

हिजोको बाढीले घर मात्र बगाएन—कैयौँ परिवारको संसार नै बगायो। कतै आमाको काख रित्तियो, कतै बाबुको सहारा खोसियो, कतै सिंगो परिवार…

प्रतिकृयाहरू
...