Friday 26th April 2024

कविताः आमा -इन्द्र बोन्तावा ‘देवा’


आमा,
जिवनमा कठोर संघर्ष गरि गरि
दुखपिडा सहेर बाहिर हासो छरी
न्यानो न्यानो माया मुटुभरी भरी
जन्म दियौं मलाई ज्यानको ख्याल नगरी।
आमा,
ज्ञानि गुणी बन्न पाठ धेरै पढायौ
नीतिशास्त्र शिक्षा सबै ज्ञान सिकायौ
दुनियाँले पुज्ने खालको बिद्या दिलायौ
लाखौंमा एक तारा झै महामानव बनायौ।
आमा,
युगमानव बन्नको लागि प्रेरणा दिइरह्यौ
हासि हासि हाम्रो पिडामा मलम लगायौ
हाम्रो रक्षा र पालनपोषणमा दिनरात खटियौ
राक्षस र शत्रुको अगाडि ढाल बनेर उभियौ ।
आमा,
आफ्नो मुटुको टुक्रा सबल भएको हेर्ने दिन
दुनियाँ सामु गर्व गर्नलायकको त्यो दिन
यहि आशामा पुरै जिन्दगी गयो बितेर
तर आमा तिमीलाई मैले खुशी दिन सकिन ।

इन्द्र बोन्तावा ‘देवा’
कटुन्जे भोजपुर
हालः कुवेत


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...