Thursday 1st October 2026

कविताः आमा -इन्द्र बोन्तावा ‘देवा’


आमा,
जिवनमा कठोर संघर्ष गरि गरि
दुखपिडा सहेर बाहिर हासो छरी
न्यानो न्यानो माया मुटुभरी भरी
जन्म दियौं मलाई ज्यानको ख्याल नगरी।
आमा,
ज्ञानि गुणी बन्न पाठ धेरै पढायौ
नीतिशास्त्र शिक्षा सबै ज्ञान सिकायौ
दुनियाँले पुज्ने खालको बिद्या दिलायौ
लाखौंमा एक तारा झै महामानव बनायौ।
आमा,
युगमानव बन्नको लागि प्रेरणा दिइरह्यौ
हासि हासि हाम्रो पिडामा मलम लगायौ
हाम्रो रक्षा र पालनपोषणमा दिनरात खटियौ
राक्षस र शत्रुको अगाडि ढाल बनेर उभियौ ।
आमा,
आफ्नो मुटुको टुक्रा सबल भएको हेर्ने दिन
दुनियाँ सामु गर्व गर्नलायकको त्यो दिन
यहि आशामा पुरै जिन्दगी गयो बितेर
तर आमा तिमीलाई मैले खुशी दिन सकिन ।

इन्द्र बोन्तावा ‘देवा’
कटुन्जे भोजपुर
हालः कुवेत


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...