Monday 24th August 2026

कुवेतमा नुवाकोटका कश्येप लम्सालको उच्च रक्तचापका कारण मृत्‍यु


हरी कृष्ण न्यौपाने- कुबेतमा पुन एक नेपालीको निधन भएको छ। सूर्यगढी गाँउ पालिका-४, दार्मे गाउँ नुवाकोट घर भई कुवेतमा कार्यरत ३९ बर्षिया कश्येप लम्सालको मृत्‍यु भएको छ।उच्च रक्तचापका कारण मुबारक अल कबिर अस्पतालमा मार्च २१ तारिक,२०२१ का दिन भर्ना गरिएका लम्सालको अप्रिल २८,२०२१ बुधवारका दिन उपचारकै क्रममा मृत्‍यु भएको हो।

मृतका दाई रमेश लम्सालले तितोपाटी डटकमसंग भने”भाई  कश्येपलाई उक्त रक्तचापका कारण बसेकै ठाउँमा ढले पछी मार्च २१ तारिक मुबारक अल कबिर अस्पातल पुर्याइएको थियो।उनको स्वास्थ्यमा सुधार हुँदै थियो।उक्त रक्तचापको कारण एउटा खुट्टा चल्दैनथ्यो तर अरु सबै ठीक थियो।२-३ दिन देखी भाई संग संपर्क भएको थिएन तर एक्कासी उसको मृत्‍यु भएको खबरले हामी सबै परिवार स्तब्ध छौं।भाईको श्रीमती, १ छोरा र ३ छोरीहरु छन।उनिहरु लगाएत सबै परिवार धेरै शोकमा छौं।भाईको शब छिट्टै ल्याएर अन्त्येष्टी गराउन सहयोग गरिदिनु होला।”

नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने”कश्येप लम्सालको मृत्‍युको बारे ढिलो गरेर दुताबासमा जानकारी आएको छ।उनको कम्पनी संग पनि संपर्क भैसकेको छ।कम्पनी र मृतको परिवार बिच समन्वय गरेर हामीले सके सम्म शब छिट्टै पठाउने प्रकृया शुरु गरिसकेका छौ।राहदानी नंम्बर-०७९१६४२६ का कश्येप एक फुड कम्पनीमा बाईक डेलिभरी ब्वाइको रुपमा काम गर्न सन २०१५ मेईमा कुवेत आएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...