Tuesday 29th September 2026

धर्मिला कार्कीको गजल संग्रह – २१


बहर- मुतकारिब मुसम्मन सालिम

हिजोआज राम्रो खबर छैन मेरो ।
युगौंसम्म बाँच्ने रहर छैन मेरो ।

हराएर आशा गयो जिन्दगीमा,
शिखर चढ्न खोज्ने सफर छैन मेरो ।

भएको छ गाह्रो विगत भुल्नलाई,
खुसी झल्किएको अधर छैन मेरो ।

लगाएर पर्दा तिमी झैं चियाई,
लुकी हेर्न खोज्ने नजर छैन मेरो ।

बसेको छु है पिंजडामा म रोई,
बगेको छ खोला बगर छैन मेरो ।

रमाउन्न भौतिक जगतमा फसेर,
बुझेको छु जीवन अमर छैन मेरो ।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...