Sunday 25th October 2026

टहल आचार्यको गजल संग्रह – १२


सामान्तीको अचानोमा तरीएका हामी रैछौँ ।
अझै पनि दासत्वमा दरीएका हामी रैछौँ ।

यो देशका दुई नम्बरी राजा द्यौता भिक्षुलाई ,
चढाईने सङ्कल्प नै गरीएका हामी रैछौँ ।

बेरोजगार युवाशक्ती श्रम गरि खानलाई ,
देश विदेश मुग्लानमा छरीएका हामी रैछौँ ।

जिवीकाको खातिरमा जसो भने पनि मान्ने ,
रोग भोक अभावले खरीएका हामी रैछौँ ।

तन मन धन पनि त्यो भ्याएसम्म लुट्नेहरु ,
अजराको आदेशले जरीएका हामी रैछौँ ।
**

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार…

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आज राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ। चुनावमा वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र…

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

प्रतिकृयाहरू
...