Saturday 26th September 2026

कोरोनाबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अनुरोध


तितोपाटी- कुवेतमा कार्यरत नेपालीहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले   “हार्दिक अनुरोध” गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष नबराज पन्थी र सचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित उक्त  बिज्ञप्तिमा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कुवेतमा कार्यरत नेपालीहरुमा पनि कोरोना भाईरसको सङ्क्रमण अत्याधिक मात्रमा फैलिएको जानकारी प्राप्त भएकोले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
कुवेतमा अत्याधिक मात्रमा फैलिरहेको कोरोना सङ्क्रमण नियन्त्रणकै लागि सरकारले कर्फ्यू आदेश जारी, रेस्टुरेन्ट, सार्वजनिक स्थलमा भीडभाड, पसल तथा शपिङ मलहरुमा सुरक्षाको हिसाबले कडाइ गरिरहेको छ ।यो  हप्ता मात्रै  कोरोना भाईरस (कोभिड-१९) का कारण तिन जना नेपालीहरुले ज्यान गुमाएको समाचार सार्वजनिक भएका छन ।
कुबेत सरकारले निर्देशन गरेको मापदण्डलाई पुर्णरुपमा पालना गर्दै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेको छ । साथै अहिले मौसम परिवर्तनको समय भए पनि अस्वस्थ महसुस भएमा तुरुन्त अस्पताल गएर स्वास्थ्य परिक्षण गर्ने र मौसम परिवर्तनको समय हो भनेर बिरामि हुदा पनि यसलाई सामान्य रुपमा लिदा स्वास्थ्यमा ठुलो समस्या आउन सक्ने छ । कतिपयले सामान्य रुपमा लिएर हेलचेक्य्राइँ गरेको कारण केही नेपालिहरु निक्कै गम्भीर स्थितिमा पुगेको जनाएको छ । सभा समारोह, भीडभाड, जमघट नगरी सबै जना आ-आफ्नो स्थानमा सुरक्षित साथ रहनुहुन समेत पत्रकार महासंघ वैदेशिक, कुवेतले अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...