Friday 28th August 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १७


खुसीको त्यो बहार बोकी,नव वर्ष आउ तिमी ।
नेपालीको घर घरमा, हर्ष उल्लास छाउ तिमी ।

भ्रष्टाचार, हत्या, हिंसा,शोषण,बलात्कार जस्तो,
कुरिती र कुसंस्कार,एक एक गरि हटाउ तिमी।

नेपाल आमाको छाती यहाँ क्षियाक्षिया बनाएर,
अनेकौं ती बहानामा कोलाहल नमच्चाउ तिमी ।

दिनका दिन बढिरा’को प्राकृतिक ति बिपत्ति र,
रोग,ब्याधी,महामारी बाट यो देश जोगाउ तिमी ।

समृद्ध राष्ट्र निर्माणको खातिरमा सबै जना,
एकीकृत गर्दै अघि बढ्न झक्झक्याउ तिमी ।
*********

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा – ८, सुनखानी दोलखा,
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...