Monday 22nd June 2026

कविता “नयाँ वर्ष” -हरि शर्मा (सुवेदी)


कविता “नयाँ वर्ष” छ्न्द: शार्दूलविक्रीडित

कोसेली करमा लिएर घरमा आयो नयाँवर्षले
उत्कण्ठा मनका हटेर मनमा एकाग्रता हर्षले
पुन्यात्मा जनता उदार मनले निर्बाध पद्मासन
गर्नेछ्न् उनले नवीन पदमा आरम्भ आरोहण ।

ज्यादा संकटमा परी मुलुकले गर्दैछ संबोधन
देवात्मा मनका जुटेर जनता सद्भाव देऊ यहाँ
मान्छेमा झगडा विवाद नभई हट्नेछ मनोद्बेग
देखेका सपना गरीब जनका साकार सम्पादन ।

राख्नेछ्न् जनता पवित्र मनका सन्तोष एकाग्रता
गर्नेछ्न् उनले विचार मनमा सम्मान आयोजक
नेताको भरमा कदापि नबसी उद्योग उत्पादक
अर्काको मतमा कटाक्ष नगरी आक्षेप आरोपण ।

आफूको मनमा विचार दरिलो उद्देश्य एकात्मता
राख्दमा जनको हुँदैन मनमा अन्योल सम्भाव्यता
उद्योगी मनुवा कमाइ उनको उद्योग उद्घाटन
गर्नेछ्न् उनले अथाह खुशिमा आमोद उत्पादन ।

सारा सर्जकले लडाइँ नगरी साहित्य संचालक
छाडी सब राजनीति नटुवा आख्यान सांसर्गिक
राख्नेछ्न् उनले उदार मनमा उत्साह संजीवनी
बन्नेछिन् कविता उदार सरिता राम्री सुभाषिणी ।

-हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका 


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...