Saturday 22nd August 2026

हरिद्वारमा पूर्वराजाको सम्बोधनः आर्य सभ्यताको महत्व खिइँदै गयो


पूर्वराजा ज्ञानेन्द्र  शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् ।

पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’
शाहले  हिन्दु धर्म, सभ्यता, संस्कृतिका अनेक आदर्शहरुले विश्व कै मानवीय मूल्यलाई डोर्याउने बताउँदै त्यसलाई बचाउन र हिन्दु संस्कृतिको रक्षा गर्दै मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिए ।
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा  पूर्वराजा शाह हरिद्वार पुगेका हुन् । हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

काठमाडौं — नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच शनिबार १४ बुँदे सहमति…

प्रतिकृयाहरू
...