Friday 18th July 2025

कविताः कलि -इन्द्र बोन्तावा ‘देवा’


अपभ्रंसित परिभाषा पारस्परिक सद्भावको बिनास ।
संबेदनसिलताको अभाव मानवीयताको ह्रास ।
विश्वासनियताको खडेरी बिश्रृंखलित जगतको आभाष।
यस्तै छ आधुनिकतामा कलि युगको बाँस ।।

छुद्र मिमाङ्साबाट पीडित छातीको व्यथा ।
तितो अश्रुपुरित नयनहरु विवेकहिनताको कथा ।
शाश्वत प्रकृतिमा अाज मौलिकताको क्षयकारी ।
यस्तै विद्यमान छ आज यहाँ परपिडक नरनारी ।

विभक्त अनियन्त्रित अनि छताछुल्ल यहाँ सव ।
दिशाविहिन कदमहरु अनि गतिहीन यन्त्रमानव ।
मतिभ्रमको भुमरीमा गायव छन मानवियता ।
चौतर्फी बिडम्बना अनि चोटैचोटको कथा ।।

-इन्द्र बोन्तावा ‘देवा’
कटुञ्जे, भोजपुर
हाल कुवेत ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...