Wednesday 23rd September 2026

कविताः कलि -इन्द्र बोन्तावा ‘देवा’


अपभ्रंसित परिभाषा पारस्परिक सद्भावको बिनास ।
संबेदनसिलताको अभाव मानवीयताको ह्रास ।
विश्वासनियताको खडेरी बिश्रृंखलित जगतको आभाष।
यस्तै छ आधुनिकतामा कलि युगको बाँस ।।

छुद्र मिमाङ्साबाट पीडित छातीको व्यथा ।
तितो अश्रुपुरित नयनहरु विवेकहिनताको कथा ।
शाश्वत प्रकृतिमा अाज मौलिकताको क्षयकारी ।
यस्तै विद्यमान छ आज यहाँ परपिडक नरनारी ।

विभक्त अनियन्त्रित अनि छताछुल्ल यहाँ सव ।
दिशाविहिन कदमहरु अनि गतिहीन यन्त्रमानव ।
मतिभ्रमको भुमरीमा गायव छन मानवियता ।
चौतर्फी बिडम्बना अनि चोटैचोटको कथा ।।

-इन्द्र बोन्तावा ‘देवा’
कटुञ्जे, भोजपुर
हाल कुवेत ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...