Tuesday 29th September 2026

धर्मिला कार्कीको गजल संग्रह – १६


बुढेसकालमा सुख पाउन धनको बचत हुनुपर्छ
बच्चैदेखि फजुल खर्च कम गर्ने आदत हुनुपर्छ।

सभ्य समाज निर्माण गर्न अनुशासित भई
मान्छे जस्तो मान्छे बन्न असल संगत हुनुपर्छ।

जिन्दगी खास जीन्दगी जस्तो बनाउनलाई
लडेपछी फेरी उठ्न सक्ने हिम्मत हुनुपर्छ।

जनहित र राष्ट्र निर्माणमा योगदान गर्नेलाई
राज्यबाट उचित सम्मान र इज्जत हुनुपर्छ।

हावाहुरी र असिना पानी छेक्नको लागि
प्रत्येक घरको जगसँगै बलियो छत हुनुपर्छ।

धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ काठमाडौँ


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...