Tuesday 29th September 2026

सुरेश पाण्डेयको गजल संग्रह – २


सम्बन्ध टुटिसक्यो कहानी अझै बाँकी छ ।
पल पल सम्झि रहने बानी अझै बाँकी छ ।।

पराईको हुनु भन्दा पहिले यति याद राख्नु
मैले जिउनु पर्ने जिन्दगानी अझै बाँकी छ ।।

गएर भन्दिनु होस् यो खबर उसलाई पनि
यहाँ तेरो यादमा बग्ने पानी अझै बाँकी छ ।।

घात गरेर अब बाठो बन्ने प्रयास नगर्नु प्रिया
तिम्रै मायाँमा काटेको चलानी अझै बाँकी छ ।।

आगो लिएर आउनेहरु लाई भनिदिनोस् अब
मलाई बनाउन खरानी अझै बाँकी छ ।।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...