Monday 7th September 2026

टहल आचार्यको गजल संग्रह – ७


जानी बुझी युवा जोश नेपालीको खुन पानी,
बस्नु हुन्न सँधै खाई विदेशको त्यो नुन पानी ।

रुखो पाखो जोती खनी जिलाउँदै यो माटोमा,
हिरा मोती फलाउँनुछ भिजाएर चुन पानी ।

सन्सारको सबैथोक ढुङ्गा फलाम काठलाई,
बदल्ने र चोख्याउने बन्छ हाम्रै सुन पानी ।
****
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ चैत्र ०८


सम्बन्धित शीर्षकहरु

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु…

भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार…

प्रतिकृयाहरू
...