Monday 26th October 2026

चन्द्रावती अधिकारीका ५ वटा मुक्तकहरू


१
तनभरि मनभरि हरि हरि लेखिरह्याै,
तर पनि संसार याे अन्धकार देखिरह्याै।
सत्सङ्गले सुधारेन तिम्रो मनको मैलो यहाँ,
माया मोह जालले नै आँफूलाई छेकिरह्याै।

२
अयोध्यामा जाऊ चाहे मथुरामा जाऊ तिमी,
साकाहारी बन्छु भन्दै जति वाचा खाऊ तिमी ।
हत्या हिंसा रोकिँदैन व्यवहारिक जालभित्र,
देखाउन कण्ठी माला रुद्राक्ष नै लाऊ तिमी।

३
पूजा आजा गर्न जाँदा सेल्फी खिच्नै ठिक्क देख्छु
अघिपछि जिन्दगी यो धेरैको नै दिक्क देख्छु।
न्याय अनुशासन छैन संस्कृतिको ह्रास छायो,
सबै यहाँ ढोँगी मात्रै साधु मिलिक्क देख्छु।

४
अठार ती पुराणमा दुई मात्र विधा रैछन्
धर्मतीले कल्याण गर्ने पापी दुख दिँदा रैछन्।
जन्म जन्म कयाैं जन्म पाप गर्नेहरु पनि ,
क्षमा गरि प्रभु जीले शरणमा लिँदा रैछन् ।

५
जप ध्यान तपस्याले तन मन राम्रो हुन्छ ,
लोभ मोह त्यागे पछि सबै यहाँ हाम्रो हुन्छ।
मरिजाँदा लाने के हाे? चार हाते कात्रो मात्र
बुझेर नि मानिसको मन किन चाम्रो हुन्छ?

चन्द्रावती अधिकारी
लमजुङ दुराडाँडा – २
हाल:- कोहलपुर बाँके


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...