Monday 26th October 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ४


धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ ।
ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।।

जब-जब कुरा गर्दछौ कपट मात्रै किन?
हुन्न भने एकोहोरो बल गरेर के हुन्छ ।

नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ
द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ ।

बाटो छुट्टै भए पनि माया नै नगरे साथी
नचाहे मायाले मल-जल गरेर के हुन्छ ।

दिल दियौ सबै दियौ माया भयो एकतर्फी
मैले मात्र मायामा पहल गरेर के हुन्छ ।

सोमनाथ लुइटेल रवि
पाल्पाली
हाल:- युगाण्डा


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...