Wednesday 30th September 2026

धर्मिला कार्कीको गजल संग्रह – १२


बहर (मिर)
मात्रा : २२
काफिया बन्धन: आउन्न

शंकै शंकाको विच माया लाउन्न ।
भो अब पिरतीको कुनै गीत गाउन्न।

हामीले पिरती गाँस्ने चौतारीमा
आजैदेखी प्रण गरे म त धाउन्न।

विपनामा अब त के भेट गरौला र खै
सपनिमा नै पनि तिम्रो सामु छाउन्न।

दिमागमा गाढा छाप बसेपछि सानु
याद भने मुटुबाट कहिल्यै हटाउन्न।

शब्द वाण दिलैमा प्रहार गरेपछि
मनका कुरा खुलेर कहिल्यै बताउन्न।

२०७७/११/१८
धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...