Wednesday 30th September 2026

नानिमाया सुनुवारका ५ चोटिला मुक्तकहरू


मुक्तक
१)
जसको खातिर जसबाट पूरा धोको, हुन सक्छ ।
उसको लागि आफू दिनरात भोको, हुन सक्छ ।
हिड्दा पिठ्युँ माथि भारी बोकी अंगालोमा राख्ने,
आखिर उनी आमा भन्दा अरू को, हुन सक्छ ।

२)
बालशोषण अन्त्य गर्ने नारा लगाउँनु,पर्छ ।
आजैबाट बाल अधिकार हामीले पाउँनु,पर्छ ।
हत्याहिंसा दमन खेप्ने बालबालिकाले कति,
जुटौं सबै न्याय पाउने नियम ल्याउँनु,पर्छ ।

३)
पराइको दबाबमा नारीहरूले दबि रहनु, पर्ने ।
नदीको छाल सरी माया छताछुल्ल बहनु,पर्ने ।
विश्वासिलो ठानिएको कहाँ हुन्छन् सबै दानी,
पहिले माया पछि घात जिन्दगीमा सहनु,पर्ने ।

४)
यही धर्तीमा जिउँनुु जिन्दगी अमुल्य,लाग्छ ।
स्वाभिमानमा लगाएपछि बात मरितुल्य,लाग्छ ।
स्वतन्त्र रहेर बाँच्ने हक सबैको हो दुनियामा,
त्यसैले त प्रगतिमा लम्कनु बाहुल्य,लाग्छ ।

५)
जनतालाई आशाहरू देखाउने,सरकार ।
कहिलेसम्म हो त विकास आउने,सरकार ।
भन्थ्यौ गाउँ,बस्ती लाइन,सडक पुर्‍याउँछु,
जनताले यो सुविधा कहिले पाउने,सरकार ।

✍️नानिमाया सुनुवार
ताप्लि गाउँ पालिका – ४, उदयपुर
हाल हरिवन नगर पालिका -१०, सर्लाही ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...