Monday 26th October 2026

नानिमाया सुनुवारका ५ चोटिला मुक्तकहरू


मुक्तक
१)
जसको खातिर जसबाट पूरा धोको, हुन सक्छ ।
उसको लागि आफू दिनरात भोको, हुन सक्छ ।
हिड्दा पिठ्युँ माथि भारी बोकी अंगालोमा राख्ने,
आखिर उनी आमा भन्दा अरू को, हुन सक्छ ।

२)
बालशोषण अन्त्य गर्ने नारा लगाउँनु,पर्छ ।
आजैबाट बाल अधिकार हामीले पाउँनु,पर्छ ।
हत्याहिंसा दमन खेप्ने बालबालिकाले कति,
जुटौं सबै न्याय पाउने नियम ल्याउँनु,पर्छ ।

३)
पराइको दबाबमा नारीहरूले दबि रहनु, पर्ने ।
नदीको छाल सरी माया छताछुल्ल बहनु,पर्ने ।
विश्वासिलो ठानिएको कहाँ हुन्छन् सबै दानी,
पहिले माया पछि घात जिन्दगीमा सहनु,पर्ने ।

४)
यही धर्तीमा जिउँनुु जिन्दगी अमुल्य,लाग्छ ।
स्वाभिमानमा लगाएपछि बात मरितुल्य,लाग्छ ।
स्वतन्त्र रहेर बाँच्ने हक सबैको हो दुनियामा,
त्यसैले त प्रगतिमा लम्कनु बाहुल्य,लाग्छ ।

५)
जनतालाई आशाहरू देखाउने,सरकार ।
कहिलेसम्म हो त विकास आउने,सरकार ।
भन्थ्यौ गाउँ,बस्ती लाइन,सडक पुर्‍याउँछु,
जनताले यो सुविधा कहिले पाउने,सरकार ।

✍️नानिमाया सुनुवार
ताप्लि गाउँ पालिका – ४, उदयपुर
हाल हरिवन नगर पालिका -१०, सर्लाही ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...