Monday 26th October 2026

सविता के.सी. को गजल संग्रह – २


प्रकृतिको सुन्दरतामा नारी देखियाे ।
त्यही नारीको जीवन भारी देखियाे ।

कलकलाउँदाे निश्चल छ बैंस उनकाे,
त्यै बैंसमा बाँझाे खेत बारी देखियाे ।

प्रतीक्षामा जीवन भयाे धेरै थकित,
झरना झैं माया डाँडा पारी देखियाे ।

जति गर मेहेनत अपजसकाे भाँडाे,
मात्र हामीमा काम जारी देखियाे ।

पानी लगाएपछि भयाे माटाे चिसाे,
भएर सुख्खा माटो टारी देखियाे ।

कल्पनाकाे घरमा एकान्तकाे आँसु,
सबुको आत्मा काँडा घारी देखियाे ।

✍️ सविता के.सी.
दक्षिणकाली-३, फर्पिङ, काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...