Monday 7th September 2026

लघुकथाः माया -अनिताराज खतिवडा “शिखा”


“बाह्रबजे” फुलको लाली लगाएर ल्याक्टो चक्लेट चपाउँदै गोठाला जाँदा, पोलेको काँचो गहुँ खाँदाको आनन्द अहिले कहाँ छ र !
चक्लेटको खोल तन्काउदै कस्को लामो हुने बाजी मारेको आजै जस्तो लाग्छ।

हो, मेरो बालपन तिम्रो जस्तो सुख सयलमा बितेन, तर तिमीलाई पनि छट्पटी भने अवश्य थियो । तिमी धनी परिवारकी रानी म जस्तो गरिब घरकी झुत्रीसँङ्ग खेल्न कहाँ पठाउँथे र तिम्रा बाले !
थाह छ पवित्रा ! तिम्रा बालाई पनि हामीले गोठालो जाँदा साँधेर खाएको काँचो मेवा खुब मन पर्थ्यो । थुक घुटुक्क निलेर देखे पनि नदेखे झै हिँड्नु हुन्थ्यो। अनि रिस तिमी माथि खनिन्थ्यो । पाखेको बच्चाको सङ्गत नगर भन्दै । हो, म पाखे नै सही तर मेरो बालपन तिम्रो जस्तो चार दिवार भित्र कटेन । पहिल्यै देखि नै तिमी धनी घरकी भएको कारण राम्रो अवसर पायौ अहिले इन्जिनियर भएकी छ्यौ । म गोठाला, सधैँ गोठको गोठै ।

आज सत्र बर्ष पश्चात् तिम्रो बाले मेरो पसिनाको कदर गरेर हो या गिल्लाएरै भए पनि तारिफ भने गर्नु भयो, “अनिता तिमीले दुख गरेकी छौ र हामीले शहरमा दूध दहीदेखि अन्नपात सम्पूर्ण चिज भन्ने बितिक्कै पाएका छौँ । तिमी जस्तो लाखौँ अनिताको खाँचो छ यो देशलाई ।”

-अनिताराज खतिवडा “शिखा”
डुमरवाना बारा, नेपाल ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...