Monday 26th October 2026

चन्द्रावती अधिकारीको गजल संग्रह – १


श्रृङ्गार आचार हो पाउडर दलेर हैन ।
ईमानले बन्छ जीवन व्यर्थै छलेर हैन ।

हुनु छ सगरमाथा गरेर उच्चा शिर
केही पाउन कसैको पाउ मलेर हैन ।

धोको छ मेरो याैटै बोक्नु छ देशलाई,
बनेर पथ्थर जस्तै मैन झैँ गलेर हैन ।

सङ्घर्ष हो रे जीवन मिठो छ यही यहाँ,
उठ्नु छ हारबाट भुइँमा ढलेर हैन ।

टार्नु छ भोक यहाँ बनेर फल मीठो ,
दिनु छ प्यार किन्तु काउछो फलेर हैन ।

चन्द्रावती अधिकारी
कोहलपुर बाके


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...