Monday 26th October 2026

सुशिला पाैडेलको गजल संग्रह – १


गजल
तिमीले रानी भन्दै बोलाएको मन पर्छ ।
आफ्नो जीवन कहानी सुनाएको मन पर्छ ।

हामी संग सङ्गै अघि बढ्नु पर्छ भनेर जहिले,
जबर्जस्ती हात तानी सुम्सुमाएको मन पर्छ ।

एकान्तमा टोलाएर तिम्रै प्रतिक्षामा बस्दा
मस्त हात्ती झैं लम्केर आएको मन पर्छ ।

असिम प्रिती भर्दै बाधिएर बाहु पासमा
आफ्नै नयनको सागरमा डुबाएको मन पर्छ ।

एक रथका दुई पाङ्ग्रा , हातमा हात राखी
जिन्दगीको सफरमा साथ पाएको मन पर्छ ।

-सुशिला पौडेल
काठमाडौ


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...