Monday 26th October 2026

जमुना पाैड्यालको गजल संग्रह – १


गजल

तिमीसँगै बर्खे खोला तर्न मन लाग्यो ।
डुबी हाले एकै साथ मर्न मन लाग्यो ।।

किन बाँझो राख्यौ प्रिय तिम्रो दिलको बारी
बाँझो दिलमै प्रेमको बिज छर्न मन लाग्यो ।

जति वर आउँछु तिमी उति पर जान्छौ
नजिक सरी दिलको बात गर्न मन लाग्यो ।

हात समाई गरेको हो उकालीको यात्रा
ओराली नि त्यसै गरी झर्न मन लाग्यो ।

पर्खी बसेँ बाजा बजाई लिन आउँछ भनी
बिहे गरी उसकै घर सर्न मन लाग्यो ।

 

जमुना पौड्याल
विराटनगर-३


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...