Wednesday 30th September 2026

सविता के.सी. को गजल संग्रह – १


गजल

हजुरले गरेको रिस अनि इर्श्या मलाई मल भयो ।
चित्त दुखाइ झरेको आँसु बिरुवालाई जल भयो ।।

लगानी त कति गरे गरे सिंचाईको बाटो छेकियो ,
खेतबारीको मुहानसम्म आएकाे बन्द नल भयो ।

बिषादीको ओइरो माटो र बिरुवामा होइन हजुर ,
आवश्यक तत्व माटोमा हालेसी राम्राे फल भयो ।

मेहेनतका फल त जब लागे मेरा माटोका बोटमा ,
अनि पो त गाउँ समाज पुरा घरघरमा कल भयो ।

अझै समय छ घुम्दै सारा आउँछ समय पृथ्वी झैं ,
खनी जमिन लगाऊ बाली मेरो खेतीको दल भए ।

-सविता के.सी.
दक्षिणकाली – ३, फर्पिङ काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...