Monday 26th January 2026

कविताः अनाथ -पुष्पा नेपाल सुवेदी



जन्मदै बा आमा गुमाउनु
मेरो कुनै पाप होइन
सृष्टिकै रचना हु म
ईश्वरको कुनै श्राप होइन ।
मान्छेहरु
किन मलाई ढुङ्गा जस्तै व्यवहार गर्छन्
फूल होइन,ढुङ्गा नै प्रहार गर्छन् ।
ए मान्छेहरु
तिम्रो जस्तै छ मेरो पनि मन
पिडा हुँदा दुख्छ
उस्तै छ आँखाहरु परेलीमा आँशु खस्छ
म जन्मिदै बा आमा गुमाउनु
मेरो कुनै पाप होइन ।
मान्छेहरु
मलाई यता धकेल्छन्
घरि उता धकेल्छन्
दया देखाएर
मज्जाले प्रयोग पनि गर्छन्
तर
बा आमाले दिने माया
महसुस गर्ने मन छ
खुशी खुशी रमाउने जीवन छ।

जन्मिदै बा आमा गुमाउनु
मेरो कुनै पाप होइन
सृष्टिकै रचना हु म
ईश्वरको कुनै श्राप होइन

पुष्पा नेपाल सुबेदी
इलाम


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...