Monday 26th October 2026

सोमनाथ लुइटेलको गजल संग्रह – २


गजल

हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ ।
दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ ।।

तिमी कैले नआत्तिनु समय जस्तो भएनी
माया दिएसी माया नै हामीले पाउनु पर्छ ।

पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला
सपना हुन्न बाचा मायाले समाउनु पर्छ ।

कहिलेकाही अबेला भएनी बुझी दिनु
प्रेमको गहराइमा पसि जगाउनु पर्छ ।

माया खेल होइन वचनले साथ निभाऊँ
जस्तै परेनी घर प्रेमले सजाउनु पर्छ ।

सोमनाथ लुइटेल रवि
पाल्पाली
हाल :- युगान्डा


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...