Monday 7th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १०


गजल

हिमाल बाट तराई तिर झरम झरम लाग्यो ।
देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो ।

प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो,
पुस माघको जाडो पनि गरम गरम लाग्यो ।

तनै भरी मनै भरी लै छपक्कै हुने गरि,
नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो ।

एक अर्कामा दुख सुख साटि मिठा बात गर्दै,
बर्षा यामको खोला सङ्गै तरम तरम लाग्यो ।

तिमी सङ्गै जिउने मर्ने चाहना यो बढेपछि,
सबै छोडि बसाइँ तेतै सरम सरम लाग्यो ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८, सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

प्रतिकृयाहरू
...