Monday 26th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १०


गजल

हिमाल बाट तराई तिर झरम झरम लाग्यो ।
देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो ।

प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो,
पुस माघको जाडो पनि गरम गरम लाग्यो ।

तनै भरी मनै भरी लै छपक्कै हुने गरि,
नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो ।

एक अर्कामा दुख सुख साटि मिठा बात गर्दै,
बर्षा यामको खोला सङ्गै तरम तरम लाग्यो ।

तिमी सङ्गै जिउने मर्ने चाहना यो बढेपछि,
सबै छोडि बसाइँ तेतै सरम सरम लाग्यो ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८, सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...