Wednesday 30th September 2026

कविताः कुकृत्य – उपेन्द्रवज्ज्रा छन्द -हरि शर्मा (गलकोटे कवि)


म धर्म गर्दा उनले बुझेनन्
म अर्थ लाएँ उनले सुनेनन्
म कर्म गर्दा उनले सहेनन्
विचार राम्रो उनले गरेनन् ।१।🌷🙏🌺

लडाइँ गर्ने सिपको विकास
जवान मार्दा जनमा निराशा
विनाश गर्ने गुटको छ पक्ष
चुनाव जित्ने उनको छ लक्ष।२।🌷🙏🌺

खराब मान्छे सँगमा अवश्य
सलाम ठोक्ने नगरी नमस्ते
परेड खेल्ने चिनियाँ सिपाही
म हूँ भनेको उसले मलाई ।३।🌷🙏🌺

छ मित्र अर्को उसको विरोधी
सदैव लाग्ने उसकै पछाडि
कटाक्ष गर्दै जगमा डुलेको
लडाइँ गर्ने सपना बुनेको।४।🌷🙏🌺

स्वतन्त्र बाँच्नै उनले दिएनन्
म बिन्ति गर्दा उनले सुनेनन्
बढाइँ आफ्नै म ठुलो भनेर
गुलाम गर्छ्न् दुनियाँ भुलेर ।५।🌷🙏🌺

सिपालु उस्तै छलमा अगाडि
कुपाठ घोक्दै गुटको पछाडि
उजण्ड बानी उनका प्रशस्तै
कुकृत्य देख्दा नमजा असाध्यै।६।🌷🙏🌺

हरि शर्मा (सुवेदी)~गलकोटे कवि~ 🌷🙏🌺
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही…

प्रतिकृयाहरू
...