Tuesday 27th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ७


गजल

छानी छानी राष्ट्रघाती सबै भ्रष्टाचारीलाई।
मृत्यु दण्ड देउ सरकार सधैं बलात्कारीलाई।

स्वार्थ पूरा भएपछि, जबर्जस्ती हत्या गर्ने
पापिष्ट ती राक्षस बाट,मुक्ति मिल्छ नारीलाई।

निर्धक्क भइ साँढे जस्तै खुले आम चारैतिर
कुकर्मको खेल खेली हिड्ने सत्ता धारीलाई ।

बृद्ध, प्रौढ, युवती, किशोरी अबोध बालिका,
कोहि नछोड्ने यौन पिपासु ती बोकेदारीलाई।

चर्को घाम गलेको ज्यान्‌ चौतारीमा थ्याच्च बस्दा
कस्ले राम्रो भन्दैन र ? वरपिपलको छहारीलाई।

 

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८,सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...