Wednesday 30th September 2026

कविताः परदेशको आत्मा -नारायण कोइराला


बाँच्ने रहर हुँदा हुँदै पनि
कहिले काँही दिमाग बन्जर बन्दो रहेछ
हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि
मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ

आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन
आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन
दिनदिनै यस्ता घटना किन बढी रह्यो
किन यस्तो भयो भनि सोच्ने बेला आयो

सन्तानलाई घरमा एक्लो बनाएर
किन आत्मा हत्या रोजिदै छ
जतिसुकै कष्ट दुःख परें पनि शेयर गरौं साथी
आवेगमा आएर मृत्युको गला न लगाउन परदेशीमा साथी

दुःख र कष्ट के हो , त्योत पर्नेलाई जो थाहा छ
फेरिपनि कोसिस गरौं बाच्य अवस्य केही हुन्छ
परदेसी साथीभाइ आत्मा हत्या गर्दा कस्तो बेदना छाउँछ
आफुपनि परदेशी भएकोले आँखा भरी आँसु आउँछ

त्यसैले अब आत्माको हत्या होइन सम्मान गरौ
जसरी हुन्छ परदेशमा सहयोगी बनौं
मृत्युपछि के हुन्छ ,कसलाई के थाहा?
बाचौं सबै मिली लिएर माया अथाह।

नारायण कोइराला
तानसेन पाल्पा
हाल यूएई।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...