Wednesday 7th October 2026

कविताः माघे सङ्क्रान्ति -नारायण कोइराला


बारीमा चुलो बनाएर
आहा त्यो खिच्रो खाने हो भनी
बिहानै उठी चिसो पानीले नुवाउँदै
आमाले चोखो धोती लगाई
झिलगिको दालमा अदुवा मिसाएर
आहा शुद्ध भैंसीको घिउ
कसौडीमा तताएर
अनि बारीबाट खनेर ल्याएको अदुवा
सिलौटो माथि राखी लोहोरो ले पीसी
तातेको घिउमा झिलगी अनि चामल
झोइए पारेर
कति बेला पाक्छ भनी हामी केटा केटी
चुलोको परपर बसि हेरी रहेको ।

अनि
पाकि सकें पछि अलिपर बसि
तातो तातो खाएको
अनि व्रतबन्ध भएकाले
लगोटी लगाई चुलो नजिक
बस्ने अवसर पाएको।
ती दिनहरु पनि आजभोलि
इतिहास जो भए।
अबत हजूर जंग फुट का
जमाना पो आएँ
जे आए पनि मलार्इ मागे सक्रान्ति लायो।
यसैको सम्झनामा यो सानो कविता आयो।

-नारायण कोइराला
तानसेन पाल्पा
हालः युएई


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...