Friday 15th May 2026

ईन्डियन च्यानल मार्फत ईन्डियालाई प्रम को आक्रमण


तोयानाथ उपेक्षित – प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन ।

हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई अंग्रेजी भाषामा र जी न्युजका सुधिर चौधरीलाई हिन्दिमा दिएको अन्तर्वार्ताले नेपालीहरुको मन गर्विलो बनेको छ ।

प्रम ओलीले उक्त च्यानल मार्फत भारतीयहरुलाई ईतिहास, संस्कृति, सभ्यता र भूगोलका विषयमा राम्ररी पढाएका छन । राष्ट्र जनसंख्या र भुगोल ले ठुलो सानो हुन सक्छ तर सार्वभौमिकता सवैको बराबर हुन्छ भन्दै बढा भाई छोटा भाई भन्नेहरुलाई जवाफ दिएका छन । उनले रोटी बेटीका कुरा र सदियौको सम्बन्धका कुरा गरेर नेपाललाई छोटे भाईका नजरबाट व्याख्या नगर्न सुझाएका छन ।

चीन सँग सिधा जान आउन नसक्ने, विवाह बन्धनमा बाधिन नसकिने, व्यपार वा नोकरी गर्न नेपालले नसक्ने भएका ले भारतसँग विशेष सम्बन्ध हुन पर्ने आशयको सवाल गर्दै प्रश्नकर्ता ले दवाव खोजे तर प्रम ओलीले मुखभरीको कुटनैतिक जवाफ दिएका थिए । साना तिना उलझनमा अल्झाउने ईतिहास नहेर्न, छिद्रहरु नखोज्ने त्यसमा अंगुली हालेर ठुलो पार्दै नहिड्ने नेपालको निती रहेको प्रष्ट पारेका थिए । बरु त्यसलाई टाल्दै अघि बढन नेपाल ले चाहेको र दिल ठुलो गरेर दुवै छिमेकीसँग उत्तिकै बराबरीको सम्बन्ध राख्ने पनि बताएका थिए । उनले भने हाती लडे पनि जमिनको नाश मिले पनि जमिनको नाश भन्दै नेपाल लाई त्यस जमिनका रुपमा परिभाषित गर्दै प्रमले भारत र चीन कसैको पक्षधरता नलिने प्रष्ट पारे ।

नक्सा र सार्वभौमिकतामा ओलीले आफ्नो पूर्ववत धारणा प्रष्ट राख्दै तथ्य, सत्य र प्रमाणका आधारमा नेपालको फिलिंगसलाई भारतले सम्मान गर्न भने । विज्ञान र दर्शनको गर्विला तर्कहरु राख्दै नेपाल कसैको उपनिवेश नभएको र नेपाल विश्वको प्राचितम मुलुक मात्र नभएर तपोभूमी भएको बताए । उनले योग र ध्यान नेपालबाट शुरु भएको प्रष्ट पारेका थिए । शंकास्पद मित्र छेउमा सुतेको छ भने निन्द्रा लाग्दैन यसर्थ सम्बन्ध र मित्रता साँचो अर्थमा र विश्वासका आधारमा विकाश हुन पर्ने बताएका थिए ।

उनले विज्ञानको विकाश पश्चिमाहरु गरे तर हाम्रो विरुद्धमा प्रयोग भयो भन्दै प्रम ओलीले यो कुरा भारतले नबुझेको आशय व्यक्त गरे भारत किन गरिब भयो ? के जनसंख्या थिएन की जमिन ? प्रम ओलीले ब्रमाण्ड विज्ञानका कुरा गरेनन की, हिन्दु शास्त्र र परम्पराका महान उपलब्धि र ईतिहास का कुरा गरेनन । उनले पत्रकार चौधरीका सवै सवालहरुलाई फिक्का बनाई दिए । शायद प्रम ओलीको हिजोको अन्र्तबार्ताले भारतीय संस्थापन र नबुझिरहेका त्यहाका जनतालाई ओली को हुन भनेर सोच्न बाध्य पार्नेछ । नेपालीहरुले गर्व गर्ने प्रधानमन्त्री पाएको सवैलाई महसुस हुनेछ ।

प्रचण्डसँग को सम्बन्धमा पनि प्रम को गतिलो झापड अन्र्तवार्तामा थियो । उनले प्रचण्डको ईतिहास र उनको चरित्रलाई हेर्दा उनी अस्थिरताका पक्षधर रहेको प्रम को टिप्पणी रह्यो ।

प्रम ओली ले नक्साका विषयमा पनि प्रष्ट धारणा राखे । चीन र भारत कसैसँग पनि नझुक्ने अडान उनले दोह्रयाए ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...