Wednesday 2nd July 2025

प्रतिमा शिवाकोटीको गजल संग्रह भाग – ३


निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर ।
राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।।

व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै,
सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर ।

जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी,
अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर ।

सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर ल्याउन,
अहोरात्र खटिरहन्छन्, भइ जिम्मेवार हजुर ।

पत्रकारिता नै देशको, मानिने यो चाैथो अङ्ग,
बनि हिड्छन् राष्ट्र प्रति सधैं बफादार हजुर ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गाउँपालिका – ८
सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...