Wednesday 28th October 2026

गजल -राम भण्डारी


गहिरो चोट माथि नुन-चुक छर्दा कस्तो होला ।
बिछोडको वेदना ले हरपल मर्दा कस्तो होला ।।

ठंडा दिमागले सोचि हेर रिसको आवेग छोड
स्वार्थी बनि निस्फिक्री घात गर्दा कस्तो होला ।

सम्झिएर अत्यास लाग्छ अनुभुति गर्नै गाह्रो
प्रेमको यो महासागर एक्लै तर्दा कस्तो होला ।

संगालेर स्वर्णिम यात्रा रमाई रहेको क्षणमा
सपनाको संसारबाट झ्वाट्ट झर्दा कस्तो होला ।

बेसाहारा हुँदा तिमी दिलमा जस्ले बास दियो
उसैलाई सुईंको नदिई डेरा सर्दा कस्तो होला ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...