Wednesday 28th October 2026

गोमा कुमालका गजल संग्रह – १


काँडा मात्रै भयो अचेल बाटो किन होला ?
दुधसँग पानीको नि फाटो किन होला ?

एउटै घर जन्मियाैं एउटै घर हुर्कियाैं
दाजुभाइ बिच पनि फाटो किन होला ?

कस्तो रहेछ नशा पैत्रिक सम्पति माथि
फरक भयो खेतबारीको पाटो किन होला ?

भाइ फुटे गवार लुटे भन्छ सारा जगत
बुझेर नि नबुझे झैं लाटो किन होला ?

खिचातानी विवादहरू बढ्दै गए पछि
देखाउँछन् एक अर्कोलाइ भाटो किन होला ?

-गोमा कुमाल
माथागढी – २
रूप्से, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...