Wednesday 26th August 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह भाग -१


हाँगा खस्ने डरले होकी, फेदै ढाल्छ घाती हजुर ।
स्वचालित इमान उस्को, के दुख्ला र छाती हजुर ।।

राज्य कोषको ढुकुटीमा, गर्नु गर्यो ब्रह्मलुट,
नाता गोता आसे पासे, लगाएर ताँती हजुर ।।

यो देशको विकास अनि समृद्दिको कुरा गर्थ्यो,
चिचीपापा चाखेपछि, राख्यो काम थाँती हजुर ।।

स्वार्थ, लोभ, घमण्ड र निरंकुशताले भरिएको,
यी अधर्मी कस्का होलान्, कठै छोरा नाती हजुर ।।

जुनै जोगी आए पनि, कानै चिरे जस्तो भयो,
यस्तो लाग्छ राजतन्त्र नै थियो कि त जाती हजुर ।।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा. – ८ सुनखानी, दोलखा ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...