Friday 14th August 2026

कविताः ८ करोडको हल्ला -नारायण कोइराला


सुन्न परेको कुरो,के हो कुन्नी?
सुत्ने बेला भयो भनी बेड तिर गएको
आठ करोड घोटाला भयो भन्ने
न्युज पो सुन्नमा आएको।।

झन झनी रिस उठी,
कम्पारो नी तात्यो
गर्न त के सक्छु दुईचार शब्द कोरे,
कस्तो भयो देशमा भनी मन भित्र रोए।।

अस्ति मात्र मास्टर काटेँ,
आज फेरि यस्तो के सुन्न पर्यो।
हाम्रो देशमा अपराधलाई
कसले साथ दियो
सधै भरी किन होला
खुन मात्र पियो।।

राम्रो न्युज सुन्नलाई
कान त्रसी रह्यो,
पापी रहिछन् यी
सबै हाम्लाई थाहा भयो।।
जति सुकै कुरा गरु
एउटै कुरा आयो,
देश गरिब हुँदै गयो
कस्तो लुट भयो।।

घाँटी काट्ने देश लुट्ने
जिम्मा इनको भयो,
फेरि आज आठ करोडको
हल्ला खल्ला आयो।
अलिकति लाज छ भने
आफूलाई सोध,
कति भयो अपराध
भनी केही कुरा त बुझ ।।

नारायण कोइराला
तानसेन पाल्पा

हाल यूएई


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...