Thursday 29th October 2026

कविताः ८ करोडको हल्ला -नारायण कोइराला


सुन्न परेको कुरो,के हो कुन्नी?
सुत्ने बेला भयो भनी बेड तिर गएको
आठ करोड घोटाला भयो भन्ने
न्युज पो सुन्नमा आएको।।

झन झनी रिस उठी,
कम्पारो नी तात्यो
गर्न त के सक्छु दुईचार शब्द कोरे,
कस्तो भयो देशमा भनी मन भित्र रोए।।

अस्ति मात्र मास्टर काटेँ,
आज फेरि यस्तो के सुन्न पर्यो।
हाम्रो देशमा अपराधलाई
कसले साथ दियो
सधै भरी किन होला
खुन मात्र पियो।।

राम्रो न्युज सुन्नलाई
कान त्रसी रह्यो,
पापी रहिछन् यी
सबै हाम्लाई थाहा भयो।।
जति सुकै कुरा गरु
एउटै कुरा आयो,
देश गरिब हुँदै गयो
कस्तो लुट भयो।।

घाँटी काट्ने देश लुट्ने
जिम्मा इनको भयो,
फेरि आज आठ करोडको
हल्ला खल्ला आयो।
अलिकति लाज छ भने
आफूलाई सोध,
कति भयो अपराध
भनी केही कुरा त बुझ ।।

नारायण कोइराला
तानसेन पाल्पा

हाल यूएई


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...