Thursday 29th October 2026

नेपालमा १०९६ जना कोरोना संक्रमित थपिदा १७५२ जना निको भए, थप १७ जनाको मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।

हाल देशभरी सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन् ।

हाल विश्व भर ६ करोड ६९ लाख ५४ हजार भन्दा बढि संक्रमित भइ ४ करोड ६३ लाख ३३ हजार भन्दा बढि मानिस कोरोनामुक्त भएका छन् भने अहिले सम्म कोरोनाको कारण १५ लाख ३६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...