Thursday 29th October 2026

गजल -हरि शर्मा (गलकोटे कवि)


बहर: मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२

डुलायौ भुलायौ बनायौ भकुन्डो
डुलेकी कता छौ लगाई मुकुन्डो ।१।🌷🙏🌺

डुबायौ पिडामा टुटायौ निशानी
रहेछौ सहेली भिरैको चिचिन्डो ।२।🌷🙏🌺

लडायौ कुनामा बनायौ तमासा
सुटुक्कै गरेकी तयारी कुसुन्डो ।३।🌷🙏🌺

उजेली चमेली जुनेली मिलेका
समाई उजिन्डो बनायौ उभिन्डो ।४।🌷🙏🌺

अरौटे भरौटे चुरौटे कुरौटे
मिलेरै बनायौ मलाई चिचिन्डो ।५।🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...