Thursday 8th October 2026

चीनका रक्षामन्त्री भोली आइतबार नेपाल आउँदै


तीतोपाटी – चीनका रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ ।

भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई
निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

पछिल्लो समयमा दुई छिमेकी भारत र चीनबीच उनीहरुको हिमाली क्षेत्रमा टकराबको स्थिति कायम रहँदा र पछिल्लोपटक भारतबाट उच्च कूटनीतिक एवं उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट रक्षा मन्त्री आउनुलाई संयोगमात्र नभएको कूटनीतिक र रणनीतिक मामिला जानकारहरुको भनाई छ ।

चिनियाँ रक्षामन्त्रीले दक्षिण एशियाको भ्रमणको शुरुवात नै नेपालबाट गरेका छन् । उनी भोलि नै नेपालबाट बंगलादेश जानेछन् भने त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किनेछन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...