Thursday 29th October 2026

कविताः गणतन्त्र कि एकतन्त्र ? -नारायण कोइराला


के हो यो ?
न छ प्रतिपक्षको आवाज ,
न कुनै छ विकासको रूप।
छ त केवल अँध्यारो अनि मौनता
चिर्न नसकिने गरिबी अनि
अनकन्टार अवस्थाको पीडा

अनि ,
भष्टाचार पनि गर्दिन
गर्न पनि दिन्न भनेको
एसियामा प्रथम भएछौ
कस्तो अचम्म! भ्रष्टचारमा

के भो?
भनेर सोध्ने कसलाई
यहाँ के हुँदैछ भनी
आफनो /आफ्नो धुनमा
लुका छिपी अनि चुस्ने विचारमा पनि

के आयो?
भनेर सोच्ने समय
अब आएको हो कि
जुकाले रगत चुसी रहे जस्तो
कस्तो हो यो अवस्था हेर्दा खेरि

को संग सोध्ने?
को हो यहाँको जनताको
पीरमर्का बुझ्ने
युवा जति खाडीमा
बुढा नेता सबै गाडीमा

किन?
यसो सिर उठाउँदा
आकाशमा सुन्यता
यसरी किन छायको होला
गल्ती जनताको की
कसको? कसलाई सोध्ने होला?

के हो यो?
अब त यहाँ न मर्नु
न जिउनु भयो
गरिबीको लोगों लिएर
दुनियामा घुम्नु पर्ने दिन आयो

अब मैले ,
सोध्न पाउने की नपाउने
देश लुटिदै छ जनता कुटिदै छ
यस्तो अवस्था हेर्दा देशमा
गणतन्त्र छ कि एकतन्त्र ?

 

-नारायण कोइराला
ता न पा ७ लामडाडा
(हाल ,यूएई)


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...