Thursday 1st October 2026

ब्यङ्ग्य कविताः लक्ष्मी भागिन् – छन्दः देवकोटा प्रिय -हरि शर्मा (गलकोटे कवि)


सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन
तिहार आयो जंघार तरी बसेको सँघारमा
कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु
लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺

कोरोना शुरु भएको दिन रिसाई भागेकी
खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी
मनमा पिडा नाचेको नाच्यै धपाई गएन
शारदा पूजा गरेँ र बसेँ अहिले सम्म म ।२।🌷🙏🌺

हिजोको साँझ लक्ष्मीको पूजा खुशीले गरेको
धनकी लक्ष्मी घरकी लक्ष्मी साथैमा पुजेको
शारदा देवी कुनामा बसी पुकार गरेकी
साहित्य तारा ती लक्ष्मी प्यारा नभुल भनेकी ।३।🌷🙏🌺

भुलेर पनि भुलिने हैन ती तीर्थमाधव
गौतम बुध्द जत्तिकै शक्ति बोकेका देवकोटा
नेपाली साहित्य आकाश माथि उदाए सविता
उनकै नाम पारेर लेखेँ प्रशस्त कविता।४।🌷🙏🌺

अमृका बास गलकोट जन्म म हरि शर्माको
घटना भन्छु हिजोको साँझ घरमा घटेको
लक्ष्मीको पूजा शारदा साथ साँझमा गरेको
गोरुको पूजा गर्नेको लागि आसन दिएको ।५।🌷🙏🌺

बिहान उठी पुलुक्क हेरेँ लक्ष्मी त भागिछ्न्
झसङ्ग भएँ सर्वत्र खोजेँ अदृश्य भईछ्न्
सबैको साथ गएर सोधेँ के लक्ष्मी त्यता छन्
कसैले पनि बोलेको छैन कसको साथ छन्।६।🌷🙏🌺

चोरको खुट्टा काट है भनी भनेको के थिएँ
चोरले खुट्टा हत्त न पत्त तानेको भेट्टाएँ
चोरको पत्ता लगाईदिने अनौठो जुक्ति यो
साहित्य तिर प्रयोग गर्दा सफल भेटियो ।७।🌷🙏🌺

धन्यवाद ।
हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...