Thursday 29th October 2026

कविताः सानी बहिनीसँग परदेशी दाजुको तिहारको भलाकुसारी -नारायण कोइराला


हेलो! दाजु आराम हुनुहुन्छ?
औ ठीक छ मलाई।
ए बहिनी सञ्चै छौ?
हजूर दाजु हामी सबै सञ्चै छौ।
अनि के गर्दै हुनुन्छ त दाजू?

के गरु?

बहिनी यो परदेशको ठाउँमा
डिउटी जानें तयारी म अब गर्दै छू।
तेस्तो पनि हुन्छ दाई? आज त तिहार होनी।
तिमी बुझ्दिनौ सानी मनकी सुन्दर नानी,
अलि ठूली भए पछि सबै कुरा बताउला नी।

बरु भन् तिमी,

के गर्छौं? तिहारमा
सानो दाईलाई टिका राम्ररी लगाउनु
मीठा मीठा खाने कुरा भाउजुलाई
बनाउन पठाउनु
मजा संग रमाई भाई टिका लगाउनु।

म पनि

अर्को पाली तिहारमा आउँला
तिमी संग रमाई सप्तरंगी टीका लाउँला
तिम्लाई राम्रो ट्याब उपहार ल्याउँला।
अनि सगै बसि धेरै खुसी मनाउँला

अरू के चाहिन्छ तिम्ले मलाई भन्
राम्रो नाना अनि चकलेटको दाना
तिमी मेरी मनकी सुन्दर पुतली
कति सुन्दर लाग्छ तिम्रो त्यो बोली

हुन्छ नी दाजु,

मेरो पिर नगर्नु म यहाँ खुसी छू
हजूर घर आउने प्रतीक्षा गर्द छु
हजुरलाई काममा जान हतार भयो की?
साँझ फेरि आएपछी कल गर्नु हुन्छ कि?

हो बहिनी,

मलाइ हतार भयो
अब म काममा दौडिनु पर्छ
नत्र भने मेरो बस छोडेर जान्छ
ल बाई सानी बहिनी साँझ कल हुन्छ।

ल दाई हुन्छ
म बहिनीको बाई,
हजूर हो दुनियाको सबभन्दा
राम्रो दाई।

तानसेन पाल्पा
हाल, यूएई


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...