Tuesday 8th September 2026

कविताः सानी बहिनीसँग परदेशी दाजुको तिहारको भलाकुसारी -नारायण कोइराला


हेलो! दाजु आराम हुनुहुन्छ?
औ ठीक छ मलाई।
ए बहिनी सञ्चै छौ?
हजूर दाजु हामी सबै सञ्चै छौ।
अनि के गर्दै हुनुन्छ त दाजू?

के गरु?

बहिनी यो परदेशको ठाउँमा
डिउटी जानें तयारी म अब गर्दै छू।
तेस्तो पनि हुन्छ दाई? आज त तिहार होनी।
तिमी बुझ्दिनौ सानी मनकी सुन्दर नानी,
अलि ठूली भए पछि सबै कुरा बताउला नी।

बरु भन् तिमी,

के गर्छौं? तिहारमा
सानो दाईलाई टिका राम्ररी लगाउनु
मीठा मीठा खाने कुरा भाउजुलाई
बनाउन पठाउनु
मजा संग रमाई भाई टिका लगाउनु।

म पनि

अर्को पाली तिहारमा आउँला
तिमी संग रमाई सप्तरंगी टीका लाउँला
तिम्लाई राम्रो ट्याब उपहार ल्याउँला।
अनि सगै बसि धेरै खुसी मनाउँला

अरू के चाहिन्छ तिम्ले मलाई भन्
राम्रो नाना अनि चकलेटको दाना
तिमी मेरी मनकी सुन्दर पुतली
कति सुन्दर लाग्छ तिम्रो त्यो बोली

हुन्छ नी दाजु,

मेरो पिर नगर्नु म यहाँ खुसी छू
हजूर घर आउने प्रतीक्षा गर्द छु
हजुरलाई काममा जान हतार भयो की?
साँझ फेरि आएपछी कल गर्नु हुन्छ कि?

हो बहिनी,

मलाइ हतार भयो
अब म काममा दौडिनु पर्छ
नत्र भने मेरो बस छोडेर जान्छ
ल बाई सानी बहिनी साँझ कल हुन्छ।

ल दाई हुन्छ
म बहिनीको बाई,
हजूर हो दुनियाको सबभन्दा
राम्रो दाई।

तानसेन पाल्पा
हाल, यूएई


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...