Wednesday 22nd July 2026

कविताः जीवन एक पहेली – लोक छन्द:झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


गएको राति सुतेको छैन परेको सोचमा।
जीवन के हो भनेर प्रश्न उठेको मनमा।
कता पो मिल्ला उत्तर भनी लागेको खोजमा।
मिलेन कतै दिक्दार छु म रिसको झोकमा।१। 🌷🙏🌺

जीवन फूल कसैले भने काँडा हो जीवन ।
नबुझ्दा कुरा पहेली बन्यो मानव जीवन ।
रहस्य बुझ्न सबैको साथ गएर सोधेको।
भन्दैछु मैले सुनेको कुरा टिपेर लेखेको।२। 🌷🙏🌺

बालक बोल्यो देवता सरी सत्यता जीवन।
युवक बोल्यो संसार बश गर्नु हो जीवन ।
वृद्धले बोल्यो सबैको बोझ बनेको जीवन ।
सन्तले बोल्यो जितेको आफू सार्थक जीवन ।३। 🌷🙏🌺

कसैल बोल्यो मोज र मस्ती मानव जीवन।
कसैले बोल्यो कोरोना सास्ती कहर जीवन।
कसैले बोल्यो सुन र चाँदी धन हो जीवन।
कसैले बोल्यो सुन्दर सफा मन हो जीवन ।४। 🌷🙏🌺

फरक मान्छे फरक मत मिलेन उत्तर।
मान्छेले सत्य बोलेन कुरा बोलेको ढाँटेर।
पशुको साथ सोध्नको इक्षा मनमा जागेर।
गएको थिएँ सोध्नको लागि बिहान सबेर ।५। 🌷🙏🌺

माहुरी बोल्यो परोपकार भलाई जीवन।
सर्पले बोल्यो विषको खेती विषालु जीवन।
कुकुर बोल्यो नुनको सोझो गर्नु हो जीवन।
वाँदर बोल्यो बिगार्दा मजा सार्थक जीवन ।६। 🌷🙏🌺

गधाले बोल्यो गरुङ्गो भारी वजन जीवन।
गाईले बोल्यो दुधको वर्षा घाँसको जीवन।
गोरुले बोल्यो जोतेर मर्नु सार्थक जीवन।
घोडाले बोल्यो लगाम बोल्छ के होला जीवन।७। 🌷🙏🌺

भ्यागुता बोल्यो अर्काको खुट्टा तान्नु हो जीवन।
साँढेले बोल्यो हुँकार गर्नु सार्थक जीवन।
व्वाँसो र गिध्द चिथोर्दै भन्छन् सफल जीवन।
खै कुन्नि क्या हो पहेली बन्यो अनौठो जीवन ।८। 🌷🙏🌺

हरि शर्मा
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...