Thursday 1st October 2026

पछिल्लो २४ घण्टामा ३११४ संक्रमित थपिए, ३१४२ निको भए, अहिलेसम्म मर्नेको संख्या १००४ पुग्यो


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ । पछल्लो २४ घण्टामा कोरोनाको कारण २० जनाको ज्यान गएको छ भने अहिले सम्म ज्यान जानेको संख्या १००४ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् । त्पसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ६८ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...