Thursday 29th October 2026

गजल -राम भण्डारी


घटे छालमा उद्वेग पानीको बिस्तारै बिस्तारै ।
ढले सबै उन्माद जवानीको बिस्तारै बिस्तारै ।।

घुम्दैछन् ‌वरिपरी दृष्य आफ्नै नजर अगाडी
जलेर स्वप्न रास खरानीको बिस्तारै बिस्तारै ।।

समय को रफ्तार भन्दा केहि ढिलै भएपनि
बुझिदै हकिकत कहानीको बिस्तारै बिस्तारै ।।

सत्य,असत्य माथि ढाकछोप न टिके सरी
खुले रहस्य तिम्रो बानीको बिस्तारै बिस्तारै ।।

यो जिवनको उत्तरार्धमा पश्चाताप गरि गरि
हुँदैछ लेखाजोखा हानीको बिस्तारै बिस्तारै ।।

-राम भण्डारी
सिन्धुपाल्चोक, हाल काठमाडाैं


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...