Thursday 1st October 2026

कविताः गलकोटे नानी – लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


यहाँहरु सबैलाई अबगत नै होला लोक छन्दमा उच्चारणको आधारमा अक्षर गणना गर्ने छुट छ ।

३+२+३+२+३+३
गलकोटे आमा गलकोटे बाबा गलकोटे छोरो यो।
गलकोटे हावा गलकोटे पानी खाएर हुर्केको ।
गलकोटे नानी मायाकी खानी साथमा खेलेको।
गलकोटे चित्र मुटुको भित्र कुनामा कुँदेको ।१। 🌷🙏🌺

गलकोटे पाखा सालेजो भाका गाएर नाचेको।
गलकोटे चेली गाएको बेला कम्मर भाँचेको।
गलकोटे कोट खड्गको पूजा दशैँमा गरेको।
गलकोटे बाजा कालिका थान कोटमा बजेको ।२। 🌷🙏🌺

गलकोटे बोली फागुमा होली खै के के बोलेको।
गलकोटे चेली साथमा हुँदा अफ्ठ्यारो परेको।
गलकोटे डाँडा पहाड घुम्टे जेठाजु बुहारी।
गलकोटे अर्को पहाड गाजा घुम्टेको जुहारी ।३। 🌷🙏🌺

गलकोटे गित लोकको भाका धेरैले जानेका।
गलकोटे गायक सर्वत्र देख्छु खुशीले गाएका।
गलकोटमै बसन्त ल्याउने सपुत जन्मिए।
गलकोटमै देव र देवी थानमा पुजिए।४। 🌷🙏🌺

गलकोटे कृष्ण, गलकोटे बिष्णु, गलकोटे रामको।
गलकोटे सीता पार्वती देवी माता र पिताको।
गलकोटे दुर्गा घुम्टेका सिध्द सबैले पुजेको।
गलकोटे देव देवीको बास हरिको साथको ।५। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...