Thursday 29th October 2026

कविताः गलकोटे नानी – लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


यहाँहरु सबैलाई अबगत नै होला लोक छन्दमा उच्चारणको आधारमा अक्षर गणना गर्ने छुट छ ।

३+२+३+२+३+३
गलकोटे आमा गलकोटे बाबा गलकोटे छोरो यो।
गलकोटे हावा गलकोटे पानी खाएर हुर्केको ।
गलकोटे नानी मायाकी खानी साथमा खेलेको।
गलकोटे चित्र मुटुको भित्र कुनामा कुँदेको ।१। 🌷🙏🌺

गलकोटे पाखा सालेजो भाका गाएर नाचेको।
गलकोटे चेली गाएको बेला कम्मर भाँचेको।
गलकोटे कोट खड्गको पूजा दशैँमा गरेको।
गलकोटे बाजा कालिका थान कोटमा बजेको ।२। 🌷🙏🌺

गलकोटे बोली फागुमा होली खै के के बोलेको।
गलकोटे चेली साथमा हुँदा अफ्ठ्यारो परेको।
गलकोटे डाँडा पहाड घुम्टे जेठाजु बुहारी।
गलकोटे अर्को पहाड गाजा घुम्टेको जुहारी ।३। 🌷🙏🌺

गलकोटे गित लोकको भाका धेरैले जानेका।
गलकोटे गायक सर्वत्र देख्छु खुशीले गाएका।
गलकोटमै बसन्त ल्याउने सपुत जन्मिए।
गलकोटमै देव र देवी थानमा पुजिए।४। 🌷🙏🌺

गलकोटे कृष्ण, गलकोटे बिष्णु, गलकोटे रामको।
गलकोटे सीता पार्वती देवी माता र पिताको।
गलकोटे दुर्गा घुम्टेका सिध्द सबैले पुजेको।
गलकोटे देव देवीको बास हरिको साथको ।५। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...