Thursday 1st October 2026

कविताः खै म कस्को मान्छे? – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


नेपालमा जन्मेँ हुर्केँ आधा जुनी बित्यो ।
कताबाट बिदेश पस्ने मौका पनि जुट्यो ।
नेपालमा सिकेँ सिप उतैतिर छुट्यो ।
छिमेकी साथ संबन्ध त्यो बिचमा नै टुट्यो ।१।🌷🙏🌺

विदेशमा पसेपछि शुन्यबाट शुरु ।
पुनर्जन्म लिनु पर्‍यो सिकेँ सिपहरू ।
पुरा गर्न बाँकी नै छन् कुरा धेरै अरू ।
साहित्यले मन चुँड्छ खै म कसो गरूँ ।२।🌷🙏🌺

नेपालमा अंग्रेजीको ठुलो मान थियो ।
आफ्नो इज्जत मान सम्मान हराएर गयो।
यता आएँ अलिक भिन्न वातावरण पाएँ ।
अन्त कतै बरालिएँ फरक बाटो लाएँ ।३।🌷🙏🌺

बल्ल तल्ल मौका मिल्यो शिक्षा आर्जन गर्न ।
पहिले शुरु गरेको म मेडिसिन पढ्न ।
पछि फेरि कम्प्युटर सिप सिक्न थालें ।
लागे पछि जसो तसो पुरा गरी हालेँ ।४।🌷🙏🌺

यस्तै यस्तै हुँदो रैछ दोसाँधमा बस्दा ।
कहिले यता कहिले उता त्यसैले बेपत्ता ।
नेपालमा भन्ने गर्छन् अमेरिकी परिस् ।
अमेरिका भन्ने गर्छ आफ्नो छाला हेरिस् ।५।🌷🙏🌺

स्वतन्त्रता समानता कानुनका कुरा ।
सबैकुरा व्यबहारमा हुँदै हुन्नन् पुरा ।
छुट्टै भाषा संस्कृतिमा रमाएका हामी ।
फरक बाटो हिँड्नुपर्दा दु:ख लाग्छ पनि ।६।🌷🙏🌺

दोसाँधमा गाडीएको एउटा कोशे ढुङ्गो ।
सँधियार साँध सार्छन छैन कुनै टुङ्गो ।
कहिले हावा दायाँ बग्छ कहिले बायाँतिर ।
कुन हावाले उडाउने हो लाग्न थाल्यो पिर ।७।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...