Wednesday 22nd July 2026

लघुकथाः कालीले लुटेको त्यो दिन -नारायण कोइराला


तीतोपाटी – आज महिनाको आखिर दिन, तलब आईसकेको थियो।अनि भोलि बिदा पनि।सबथोक मिलेको थियो।रुममा सबै आफ्नो रोजाइमा व्यस्त थिए म पनि साथीभाइको रमाइलोमा सहभागी भएँ ।
विदेशको ठाउँ अरुदिन कामबाट फुर्सत नहुने हुँदा घुम्न् जाने अवस्था थिएन।छुट्टीको दिन भने हाम्रो लागि खुसीको दिन हुने गर्दछ। सबै बिन्दास भएर भोलिको बिदाको खुसियाली मनाउदै थियौँ।
एकजना साथीलाई के मूड चल्यो कुन्नी ल आज घुम्न जाने भन्न थालें।साथीले भनेपछि नाइ भन्न पनि गाह्रो। महामारीको चपेटाबाट भर्खर खुल्दै गरेको शहर। मुखमा मास्क लगाएर हामी पार्क तिर घुम्न निस्कियौं।
हामी सबै पार्कमा बसेर कुराकानी गर्दै थियौं।
एउटी काली,काली हेर्दा अफ्रिकन मूलकी जस्ती थिइन्।हाम्रो नजिक आएर मुसुक्क मुस्काइन्। काली ,काली भए पनि मोटो शरीर अनि हेर्दा रहर लाग्दी थिइन्।यस्तो अवस्था देखेपछि विदेशमा जो कोइको पनि मन बहलीनु स्वभाविक थियो । आफूलाई कन्ट्रोल गर्न सक्नु यहाँ विदेशको ठूलो शाहस हो।

हाम्रो साथीलाई के भयाे कुन्नि?उसको मन थामिएन । उसंग बार्गेनिङ गर्न थाले । कुराकानी मिलेपछि ऊ पक्का जाने नै भयो। हाम्रो कोसिस असफल भयो उसलाई रोक्ने ।
अब हामी ऊ आउनेको प्रतिक्षामा थियौँ।
हामीहरू टाइम पास गर्न पार्कमा घुन्दै थिय्यौ।बिस्तारै मानिसहरू आ-आफ्नो रूमतिर जादै थिए।
हाम्रो साथी जाँदा जस्तो फुर्तिलो थिएन्।अनुहार उडेको थियो। खुब मोज गरिस् होला नि है?मेरा आँखा उसको हातमा गए।अनि त्यो राडो घडी खोई? उसले मलाई हेर्दै भन्यो।कालीले लुटी मलाई साथिहो।यौवनको रनक लुटिकी?भौतिक सम्पती ?अर्को साथीले जिस्क्यई हाले।
हामी अब उसलाई अरू दुःख कष्ट दिने तर्फ लगेनौ । ऊ लुटिएको हामी सबैलाई थाहा भयो। हामी रूम तिर लागियो।
आजभोलि काली केटी देख्दा सधैं आफू लुटिएको संझना गर्दछ।

तानसेन पाल्पा
हालः युएई


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...